नेपालमा कोरोनाको खोप पठाएको भारतीय कम्पनीमा आगलागी

ओकेखबर संवाददाता ९ माघ २०७७, शुक्रबार ०७:५४ मा प्रकाशित ( साल अघि) ३४० पाठक संख्या

एजेन्सी । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन पठाएको सेरम इन्स्टिच्युट अफ इन्डियाको भवनमा आगलागी भएको छ । भारतीय समय अनुसार दिउँसो करिब तीन बजे आगलागी भएको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ ।

आगलागीबाट भएको क्षतीको विवरण भने आउन बाँकी छ । सेरमले कोभिसिल्ड नामक भ्याक्सिन उत्पादन गर्छ । त्यस कम्पनीबाट उत्पादित भ्याक्सिन कोभिसिल्डको १० लाख डोज भारतले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

कम्पनीका प्रुमख कार्यकारी अधिकृत अदम पुनावालाले भवनको केही तलामा क्षति पुगे पनि मानवीय क्षति भने नभएको ट्वीटमार्फत जानकारी दिएका छन् ।

आगलागीको कारणबारे अध्ययन भइरहेको महाराष्ट्र प्रहरीका प्रमुख उद्दव थाक्रेले प्रेस ट्रष्ट अफ इन्डियालाई बताएका छन् । आगालागीका कारण खोप उत्पादनमा कुनै समस्या नपर्ने कम्पनीको दाबी छ ।


सम्बन्धित खबरहरु