बढ्याे हुस्सु र हिमपात, यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

ओकेखबर संवाददाता ७ माघ २०७७, बुधबार ०८:०६ मा प्रकाशित ( साल अघि) ७९८ पाठक संख्या

काठमाडौं । तराईंका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको छ। जसकारण देशभरको तापक्रममा गिरावट आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलिबाट भने मौसम सामान्यता सफा रहने महाशाखाको भनाइ छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ७ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ८ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती : : प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ९ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, बागमती, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती : सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।


सम्बन्धित खबरहरु