ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

ओकेखबर संवाददाता २६ पुष २०७७, आईतवार १२:०२ मा प्रकाशित ( साल अघि) ७४७ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज एकैदिन प्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ ।

गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।


सम्बन्धित खबरहरु