आज: 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

ओके खबर २२ पुष २०७७, बुधबार ०९:२६ मा प्रकाशित ( हफ्ता अघि) १९३ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि सो विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदनहरुको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जनभन्दा बढी मुद्दाहरूलाई सर्वोच्चले संवैधानिक इजलासमा पठाएको छ । ती रिटमा आजबाट निरन्तर सुनुवाइ हुँदै छ ।

पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई दिएको आदेशअनुसार दुबै कार्यालयले पुस १९ गते सर्वोच्चमा जवाफ पठाइसकेका छन्।

यही पुस १० गते संवैधानिक इजलासबाट भएको आदेशमा आज बुधबारबाट हुने सुनुवाइको नियमितरुपमा मिति तोक्न पनि आदेश भएको थियो । संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार बस्ने गर्दछ ।


सम्बन्धित खबरहरु