जननी हुँ म

ओकेखबर संवाददाता १६ पुष २०७७, बिहीबार ०८:२६ मा प्रकाशित ( साल अघि) ७५३ पाठक संख्या

के हुँ म ?
को हुँ म ? प्रश्न गर्छु

छोरी हुँ
लाचार छु
मजबुरीमा छु, विचारी हुँ
हरेक समय यस्तै यस्तै जवाफ सुन्दै
ठुली भएँ
सामाजिक बन्धनले घेरें

अन्तर्मनले भन्दैछ

लाचार छुइनँ
मजबुरीमा होइन्, विचरी म होइन
धपधपी बलेको आगो हुँ म
नछोउ मलाई
जो जल्न सक्छ
खरानी बन्छ अवश्य
म दुर्गा
म काली
पुर्खाको गौरव
मातापिताको अभिमान
म शसक्त नारी हुँ
प्रेमको प्रतिमुर्ति हुँ

मातृत्व हुँ
प्रेमिल वीजको
उत्कृष्ट सृष्टिको अनुपम उपहार
अनि
मित्र बन्धुहरुको रीत हुँ
नाता सम्बन्धको प्रीत हुँ
सबैको मनमा छाउने युगान्तकारी गीत हुँ म
प्रत्येक पीडाको चट्टानसँगै ठक्कर खाँदै

सगरमाथामाथि विजयोत्सव मनाउने

एक निर्भिक जननी हुँ म ।

रचनाकार सपना अर्याल सामाजिक अभियान्ता हुन्।


सम्बन्धित खबरहरु