आज: 

कोरोनाविरूद्धको खोप ओमानमा पनि लगाइने

ओके खबर ११ पुष २०७७, शनिबार १०:४८ मा प्रकाशित ( हफ्ता अघि) २३६ पाठक संख्या

दोहा । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमान पनि पुर्‍याइएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओमानले भाइरसविरूद्ध फाइजर र बायोएनटेकले निर्माण गरेको खोप खरिद गरेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

मन्त्रालयले आउदो आइतबारदेखि खोप अभियान सुरु गर्ने पनि जनाएको छ । यस अभियानको नेतृत्व त्यहाँका स्वास्थ्य मन्त्री डा. अहमद बिन मोहम्मद अल सईदीले गर्ने छन् ।

पहिलो चरणमा फ्रन्टलाइन काम गर्नेहरु, दीर्घ रोगी, वृद्ध वृद्धालाई खोप दिइनेछ । मन्त्रालयले ६० प्रतिशत जनसंख्यालाई खोप दिने तयारी गरेको छ ।

ओमानमा कार्यरत नेपालीसहित आप्रवासी कामदारले पनि यो खोप पाउने छन् । दोस्रो ब्याचको भ्याक्सिन भने आगामी जनवरीमा ल्याइने ओमान सरकारले जनाएको छ ।


सम्बन्धित खबरहरु