१२ को नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड, नतिजा कहिले ?

ओकेखबर संवाददाता १० पुष २०७७, शुक्रबार १५:३८ मा प्रकाशित ( साल अघि) २५७ पाठक संख्या

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । कोरोना भाइरसका कारण होम सेन्टरबाट नै परीक्षा लिएको बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार
उत्तरपुस्तिका परीक्षणको काम सकेर नम्बर इन्ट्रीको काम भइरहेको बताए । उनले नम्बर इन्ट्रीको काम सकिएपछि नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।

गत ८ वैशाखका लागि तोकिएको परीक्षा कोरोनाका कारण स्थगित भएको परीक्षा गत ९ मंसिरदेखि १६ सम्म सञ्चालन भएको थियो ।

परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी ससहभागी भएका थिए ।


सम्बन्धित खबरहरु