कोरियाले सन् ०२१ मा ५२ हजार कामदार लग्ने

ओकेखबर संवाददाता १० पुष २०७७, शुक्रबार १३:०४ मा प्रकाशित ( साल अघि) ४६४ पाठक संख्या

काठमाडौं । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् ०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ।

यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो। यो सङ्ख्या ०२० को तुलनामा चार हजार कम हो। कोरोनाका कारण ०२० को कोटामध्येका ३० हजार नौ सय नौ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन्।

सन् ०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार सात सय, कृषि क्षेत्रमा ६ हजार चार सय, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार आठ सय, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) एक सय जना तोकिएको छ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन्। अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने बताइएको छ।


सम्बन्धित खबरहरु