ग्लोबल आईएमई बैंकले यस्ताे सहुलियत कर्जा उपलब्ध गराउने

ओकेखबर संवाददाता ९ पुष २०७७, बिहीबार २२:३० मा प्रकाशित ( साल अघि) ४१२ पाठक संख्या

काठमाडौं । ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच महासंघमा आबद्ध सदस्य संघरसंस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ।

बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालिन तथा दीर्घकालिन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ। साथै बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ।

सम्झौता अनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनरकर्जा, विदेशी मुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने छ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पु¥याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए।


सम्बन्धित खबरहरु