कुवेतमा पनि कोरोना विरुद्धको खोप लगाउन सुरु

ओकेखबर संवाददाता ९ पुष २०७७, बिहीबार २१:१८ मा प्रकाशित ( साल अघि) २७१ पाठक संख्या

मिसिला । कुवेतमा आज कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिँदैछ । फाइजर कम्पनीले निर्माण गरेको खोप आजदेखि लगाउन सुरु भएको कुवेतका स्वास्थ्य मन्त्री डा। बसेल अल सबाहले जानकारी दिए ।

स्वास्थ्य मन्त्री सबाहका अनुसार कुवेतको मिसिलास्थित एक्जिबिशन हलको हल नं. ५ बाट कोरोनाविरूद्धको भ्याक्सिन खोप लगाउन शुरु हुने बताए । पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने छ।

१६ वर्षभन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन । एक वर्षभरी एक(एक महिनाको अवधिमा खोप ल्याइने र खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाने योजना रहेको स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

अहिलेसम्म कोरोन खोप लगाउन ७३ हजार भन्दाबढीले नाम दर्ता गराएका छन् । नेपालीसहित आप्रवासी श्रमिकले यो खोप लगाउन चाहे त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको लिंकमा गएर आफ्नो विवरण भरी नाम रजिस्टर गर्न सकिने जनाएको छ ।


सम्बन्धित खबरहरु