आज: 

बलिउड अभिनेत्री दीपिका गंगुबाईको भूमिकामा

ओके खबर ९ पुष २०७७, बिहीबार ११:५० मा प्रकाशित ( हफ्ता अघि) २०६ पाठक संख्या

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्म गंगुबाई काठियाबाडीको छायांकन सुरु भएको छ । यो फिल्ममा आफूले गंगुबाईको प्रभावशाली भूमिका निर्वाह गरिरहेको यी अभिनेत्रीले बताएकी छन् ।

केही समयदेखि लागूऔषधको चपेटाका कारण मुद्दाले दिक्क बनाएको बेला फिल्मको छायांकनमा जोडिन पाउँदा केही हलुका महसुस भएको पनि उनले बताएकी छन् ।

आफ्नो विगतको फिल्म बाजीराव मस्तानीले निर्माणको पाँच वर्ष पूरा गरेको अवसरमा यो नयाँ फिल्मको सेटमै अभिनेत्री दीपिकाले केट काट्दै खुसी साटेकी छन् । बाजिरावो मस्तानाका निर्देशक पनि सञ्जल लीला भन्साली भएकाले उनले यो नयाँ फिल्मको छायांकन सेटमै बाजिरावो मस्तानाको पाँचौं वार्षिकोत्सव मनाएकी हुन् ।

बाजिरावोको जस्तौ सशक्त भूमिका अहिलेको फिल्म गंगुबाईमा पनि भएको अभिनेत्री दीपिकाको कथन छ । अहिलेको अवस्थामा आफू केबल गंगुबाईको भूमिकामा मात्र केन्द्रित भएको र अरू कुरालाई बिर्सिएको उनले बताइन् ।


सम्बन्धित खबरहरु