बेलायतका दुई जनामा नयाँ प्रकारको कोरोना संक्रमण !

ओकेखबर संवाददाता ९ पुष २०७७, बिहीबार ०८:५० मा प्रकाशित ( साल अघि) ५७५ पाठक संख्या

काठमाडौं । बेलायतमा दुई जनामा नयाँ प्रकारको कोरोना भाइरस (कोभिड–१९) भेटिएको छ। लन्डनमा र उत्तर पश्चिम इङल्याण्डमा रहेका दुई जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले बताएका छन् ।

उनका अनुसार दक्षिण अफ्रिकाबाट बेलायत पुगेका दुई जनामा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको हो । योसँगै बेलायतमा दक्षिण अफ्रिकाबाट आउनेलाई प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

यस्तै दुई हप्ताभित्र दक्षिण अफ्रिकाबाट बेलायत पुगेका वा संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाहरुलाई तुरुन्तै क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।

नयाँ प्रकारको कोरोना भाइरसले स्वस्थ रहेका युवा वर्गलाई पनि गम्भीर बिरामी बनाइरहेको पाइएको बीबीसीले उल्लेख गरेको छ । दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको कोरोना भाइरस देशका विभिन्न भागमा तिब्र गतिमा फैलिरहेको त्यहाँका वैज्ञानिकले बताएका छन् ।

नयाँ भाइरसबारे अनुसन्धान भइरहेको भए पनि तिब्र गतिमा फैलिरहेकाले अनुसन्धानमा असर परिरहेको उनीहरुको भनाइ छ । बेलायतमा पहिलो पटक मंगलबार नयाँ भाइरसको संक्रमण पुष्टि भएको हो ।


सम्बन्धित खबरहरु