ट्रम्पले सम्धीसहित तीन जनालाई दिए माफी

ओकेखबर संवाददाता ९ पुष २०७७, बिहीबार ०८:२१ मा प्रकाशित ( साल अघि) ३१७ पाठक संख्या

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन जनालाई माफी दिएका छन् । ह्वाइट हाउस छोड्नुअघि राष्ट्रपति ट्रम्पले तीन जनालाई माफी दिएको बीबीसीले जनाएको छ ।

यसरी माफी पाउनेमा चुनावी अभियानका पूर्वव्यवस्थापक पल मनाफोर्ट, पूर्व सल्लाहकार रोजर स्टोनसहित ट्रम्पका सम्धी रहेका छन् । यसरी माफी पाउने उनका ज्वाईका बुवा अर्थात् सम्धी चाल्स कुस्नर रहेका छन् ।

अर्को महिना राष्ट्रपति कार्यालय छोड्न लागेका ट्रम्पको यो कदमलाई महत्वका साथ हेरिएको छ ।

ट्रम्पले आफ्नो कार्यकाल सकिनु अघि २९ जनालाई सफाई दिन लागेको बताइएको छ । जसमध्ये तीन जनाले सफाई पाएको बीबीसीले जनाएको छ ।


सम्बन्धित खबरहरु