आज: 

बेलायतबाट नेपाल आउन प्रतिबन्ध

ओके खबर ८ पुष २०७७, बुधबार १३:२४ मा प्रकाशित ( महिना अघि) ९१ पाठक संख्या

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुदै नेपाल आउन समेत रोक लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए ।

बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेण्टाइन बसि जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनुहुनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसि परिक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।


सम्बन्धित खबरहरु