अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु

ओकेखबर संवाददाता २९ मंसिर २०७७, सोमबार ०९:१६ मा प्रकाशित ( साल अघि) ३७९ पाठक संख्या

एजेन्सी । अमेरिकामा आज (सोमबार) देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। खोप लगाउनका लागि आइतबारदेखि ढुवानी सुरु गरिएको थियो।

विश्व स्वास्थ्य संग्ठनले आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको फाइजर बायोएनटेक खोप अमेरिकामा पनि सर्वसाधारणलाई लगाउन थालिएको हो । यो खोप लगाउन सबैभन्दा पहिला बेलायतले अनुमति दिइएको थियो। त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग सुरु गरिएको हो ।

केही समय कम देखिएको मृतकको सङ्ख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ। मृतक र सङ्क्रमितहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मङ्गलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा खोप दिइने अधिकारीहरूले जनाएका छन् ।


सम्बन्धित खबरहरु