सोमबारे औँशीमा नबोली स्नान गरे यस्ताे फल प्राप्त हुने

ओकेखबर संवाददाता २९ मंसिर २०७७, सोमबार ०८:५२ मा प्रकाशित ( साल अघि) ६९७ पाठक संख्या

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज (सोमबार) वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ ।

सोमबार औँशी परेका दिन माता, पिता हुने, नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिन्छ ।


सम्बन्धित खबरहरु