काठमाडौं ‘कोरोना हटस्पट’, कुन ठाउँमा कति संक्रमित ?

ओकेखबर संवाददाता १८ मंसिर २०७७, बिहीबार १०:२१ मा प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको हटस्पट बनेको काठमाडौं महानगरपालिकामा मात्रै संक्रमितको संख्या ३३ हजार ३ सय ८० पुगेको छ । २ सय १९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये २५ हजार ८ सय ७३ जना कोरोना मुक्त भइसकेका महानगरपालिकाले जनाएको छ । महानगरमा ७ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ६ हजार ९ सय १७ जना होम आइसोलेसनमा छन् । २ सय ६७ जना अस्पताल भर्ना भएका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नं। ३ महाराजगंजमा १ हजार ६ सय ३२ जना संक्रमित भएका छन् भने वडा नं. ७ मित्रपार्कमा १ हजार ५ सय ४७ जना संक्रमित भएका महानगरपालिकाले जनाएको छ । त्यस्तै वडा नं. ९ गौशालामा १ हजार ७ सय ५४ जना र वडा नं. १० नयाँ बानेश्वरमा २ हजार ४० जना संक्रमित भएका छन् ।

काठमाडौंमा सबैभन्दा धेरैवडा नं. १६ सोह्र खुट्टेमा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण भएको छ । वडा नं. ३२ कोटेश्वरमा २ हजार ६ सय १८ जना, वडा १४ कलंकीमा २ हजार ३ सय १२ र वडा नं. १५ स्वयम्भूमा २ हजार १ सय ५८ जनामा कोरोना संक्रमण भएको छ । वडा नं. ३१ भिमसेनगोलामा १ हजार ६ सय १३ जनामा कोरोना संक्रमण भएको छ ।

अन्य ठाउँमा कति ?

 


सम्बन्धित खबरहरु