फाइजरको कोरोना खोपलाई बेलायतमा स्वीकृति

ओकेखबर संवाददाता १८ मंसिर २०७७, बिहीबार ०९:५२ मा प्रकाशित ( साल अघि) ५८८ पाठक संख्या

एजेन्सी । बेलायतले फाइजर कम्पनीले आविस्कार गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको छ ।

बेलायतको नियामक निकाय एमएचआरएले फाइजर/बायोएन्टेक कम्पनीले बनाएको खोप कोरोना भाइरसको उपचारमा ९५ प्रतिशत सुरक्षित रहेको भन्दै प्रयोगका लागि अनुमति दिएको हो ।

बेलायतमाद अनुमति पाएसँगै अब केही दिनमा नै कोरोना भाइरसका विरामीका लागि यो खोप लगाउन सुरु गरिनेछ । बेलायतले यसअघि नै कोरोना खोपको चार करोड डोजका लागि अर्डर दिइसकेको छ ।

हरेक व्यक्तिलाई खोपको दुई मात्रा दिइने भएकाले २ करोड ५० लाख बेलायती नागरिकले खोप पाउनेछन् ।

१० महिनामा नै बनाएको यो खोप संसारकै सबैभन्दा छिटो निर्माण भएको प्रभावकारी खोप मानिएको छ । सामान्य रुपमा यस प्रकारको खोप विकास गर्न एक दशकसम्म लाग्नेगर्छ

विज्ञहरुले भने कोरोनाविरुद्धको खोपका बाबजुद संक्रमणबाट जोगिनका लागि सामाजिक दुरीको नियम पालना गर्न आग्रह गरेका छन् ।


सम्बन्धित खबरहरु