अब त्रिविले भौतिक उपस्थितिमै कक्षा चलाउने, कहाँ कहाँ ?

ओकेखबर संवाददाता १५ मंसिर २०७७, सोमबार ०९:१८ मा प्रकाशित ( साल अघि) ६१५ पाठक संख्या

काठमाडौं ।  अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा चलाउने भएको छ । त्यसकालागि अनुमति लिने देखि क्याम्पसहरु तयार बनाउने कामसम्म भएको त्रिविले जनाएको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालका अनुसार त्रिवि मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको छ।

भौतिक उपस्थितिमा कक्षा सञ्चालन नहुँदा लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।

विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन । संक्रमण फैलिएको स्थानमा भने अनलाइन कक्षालाई निरन्तरता दिने त्रिविले जनाएको छ ।


सम्बन्धित खबरहरु