बार्सिलोनाको फराकिलो जीत, गोलपछि मेस्सीले यसरी सम्झाए म्याराडोना

ओकेखबर संवाददाता १५ मंसिर २०७७, सोमबार ०७:२१ मा प्रकाशित ( साल अघि) ५१७ पाठक संख्या

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा वार्सिलोना विजयी भएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि ४–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो । घरेलु मैदानमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको हो ।

बार्सिलोनाका लागि मार्टिन ब्रेथवेट, एन्टोनी ग्रिजम्यान, फिलिपे कोन्टिन्हो र लियोनल मेस्सीले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा ब्रेथवेटको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि ४२ औं मिनेटमा ग्रिजम्यानले अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २–० ले अघि रहेको बार्सिलोनाका लागि कोन्टिन्होले ५७ र मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै शानदार जीत दिलाएका हुन् ।

कमजोर प्रदर्शन गरिरहेको बार्सिलोना गएरातिको खेलमा भने निकै लयमा देखिएको थियो । गोल गरेपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फुटबल लेजेन्ट डिएगो म्याराडोनाप्रति सम्मान प्रकट गरे । उनले बार्सिलोनाको जर्सी भित्र लगाएको म्याराडोनाको पूर्व क्लब न्यूवेल्स वल्र्ड बोइजको जर्सी देखाउँदै दुवै हात आकाशतिर उठाएका थिए ।

मेस्सीको यो गोल पनि म्याराडोनाले जस्तै सेलिब्रेट गरेर उनीप्रति सम्मान देखाए र म्याराडोनालाई स्मरण गराए । म्याराडोनाको गत बुधबार हृदयघातका कारण निधन भएको थियो । उनले बार्सिलोनाबाट समेत व्यवसायिक फुटबल खेलेका थिए ।


सम्बन्धित खबरहरु