शेयर बजारमा आइतबार नयाँ कीर्तिमान

ओकेखबर संवाददाता १४ मंसिर २०७७, आईतवार २०:४८ मा प्रकाशित ( साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आइतबार पुनः अर्को कीर्तिमान कायम गरेको छ ।

नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा नेप्सेले लगातार ‘बुलिस टे«न्ड’लाई पछ्याएको छ । तर, सिमित सङ्ख्यामा शेयर रहेका कम्पनीमा देखिँदै आएको उच्च वृद्धि आइतबार पनि कायम छ ।

अघिल्ला सातामा जस्तै साताको पहिलो दिन बैंकिङ उपसमूह र विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ ।

विसं २०७३ मा कायम भएको उच्च अङ्कको वृद्धिलाई पछाडि छाड्दै नेप्से आइतबार झण्डै दुई हजारको बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्सेमा ७५.०२ बिन्दुले वृद्धि भई एक हजार ९६८.२७ मा पुगेको छ । प्रतिशतका आधारमा आज ३.९६ ले वृद्धि भएको हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१४ प्रतिशत अर्थात् ३८३.९३ मा पुगेको छ । कूल २०० कम्पनीको दुई करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ मा कारोबार भयो ।


सम्बन्धित खबरहरु