भ्रष्टाचारको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल सार्वजनिक गरेको रिपोर्ट सरकारद्वारा अस्वीकार

ओकेखबर संवाददाता १४ मंसिर २०७७, आईतवार १९:३१ मा प्रकाशित ( साल अघि) ४८० पाठक संख्या

काठमाडौं । सरकारले भ्रष्टाचारको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गर्ने जनाएको छ ।

आइतबार गएको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त संस्थामा कार्यरत व्यक्तिको दलीय आवद्धताले नै यो प्रतिवेदन कति पूर्वाग्रही छ भन्ने देखिएको बताए।

उनले सरकारलाई बद्नाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा रिपोर्ट तयार पारी प्रचार सामाग्री बनाइएको आरोप लगाए । उनले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई सरकारले अस्वीकार गर्छ। सरकारविरुद्ध भ्रम छर्ने र तथ्यलाई बङ्ग्याएर पर्चा सामाग्री तयार पारिएको छ। यसले जनालाई जनतालाई भड्काउन खोज्यो।’

गुरुङले राजतन्त्रको पक्षमा पछिल्ला दिन देशका मुख्य शहरमा भएको प्रर्दशनलाई ‘पुनःउत्थानवादी र प्रतिक्रियावादी’हरुको चलखेलको संज्ञा दिए। ‘पुनःउत्थानवादी र प्रतिक्रियावादीको चलखेल बढेको बेलामा रिपोर्ट सार्वजनिक गरियो।

सरकारविरुद्ध अभियान चलेका बेला गत जुनमा तयार पारेको रिपोर्ट अहिले सार्वजनिक गर्नु नियोजित हो, प्रवक्ता गुरुङले भने। उनले सरकारको विरोधमा लागेका व्यक्तिहरुलाई छानि छानि सोधेर रिपोट बनाइएको दाबी गरे।


सम्बन्धित खबरहरु