कोरोनाबाट विश्वभर १४ लाख ३७ हजार भन्दाबढीको ज्यान गयो

ओकेखबर संवाददाता १२ मंसिर २०७७, शुक्रबार ०९:२९ मा प्रकाशित ( साल अघि) ३८१ पाठक संख्या

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ लाख ४० हजार ८०२ जनामा संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १२ लाख ९१ हजार ७६० पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ९५३ संक्रमितले ज्यान गुमाएका छन् । चीनको वुहानबाट सुरू भएको संक्रमणले विश्वका २१८ मुलुकमा १४ लाख ३७ हजार ६२९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यसो त विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ करोड ७४ लाख ६८ हजार ८२४ संक्रमितमध्ये १ लाख ४ हजार ९०३ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमितमध्ये ४ करोड २३ लाख ८५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

दोस्रो लहरको संक्रमण तीव्र हुँदा कोरोना संक्रमणबाट हुने मृत्युमा पनि दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै जान थालेको छ ।


सम्बन्धित खबरहरु