आज: 

कोरोना संक्रमणबाट सुडानका पूर्वप्रधानमन्त्री मेहदीको निधन

ओके खबर १२ मंसिर २०७७, शुक्रबार ०८:५७ मा प्रकाशित ( महिना अघि) २८७ पाठक संख्या

एजेन्सी । कोरोना संक्रमणबाट सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको निधन भएको छ ।

मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री ८४ वर्षीय मेहदीको बिहिबार निधन भएको हो ।

उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेका थिए ।

त्यसपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उनी निरन्तर आवाज उठाउँदै आएका थिए । तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो ।

मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ ।’

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गरेका थिए ।

सुडानमा अहिलेसम्म १७ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एक हजार २०० व्यक्तिको मृत्यु भएको छ ।


सम्बन्धित खबरहरु