आज: 

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, साढे सात अर्बको कारोबार

ओके खबर ११ मंसिर २०७७, बिहीबार २०:३५ मा प्रकाशित ( महिना अघि) २६८ पाठक संख्या

काठमाडौं । धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ। बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ।

नेप्से १८ दशमलव ४३ अङ्कले बढेर १८ सय ९३ दशमलव २४ विन्दुमा पुगेको छ । दिउँसो सवा १२ बजे नेप्से १९ सय २६ अङ्कसम्म पुगेको थियो । तर व्यापार होटल, विकास बैंक, माइक्रो फाइनान्स र जीवन बीमा समूहको शेयर ओरालो लागेपछि नेप्से १८ सय ९३ विन्दुमा रोकिएको हो । बिहीबार बैंकिङ समूहको ३७, अन्य समूहको १५ र जलविद्युत् समूहको शेयर झण्डै सात अङ्कले बढेको छ ।

नेप्सेले कारोबारमा पनि नयाँ रेकर्ड बनाएको छ । यसअघि मङ्सिर ७ गतेको ६ अर्ब ९० करोड रुपैयाँको रेकर्ड तोड्दै नेप्सेमा बिहीबार सात अर्ब ६१ करोड ३० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ । जसमा दुई सय एक कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर किनबेच भए । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ५८ करोड १३ लाख, नबिल बैंकको ३८ करोड १४ लाख, शिवम् सिमेन्टको २८ करोड ९१ लाख र दूरसञ्चार कम्पनीको २८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आँखुखोला जलविद्युत् आयोजना, हिमालयन ऊर्जा विकास कम्पनी, पाँचथर पावर कम्पनी र एनएमबी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।


सम्बन्धित खबरहरु