भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज नेपाल आउँदै

ओकेखबर संवाददाता ११ मंसिर २०७७, बिहीबार १०:०७ मा प्रकाशित ( साल अघि) ३१८ पाठक संख्या

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज नेपाल आउँदै छन्। शृंगला आज नेपाल आउन लागेको परराष्ट मन्त्रालयले जनाएको छ।

नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि आज औपचारिक वार्ता हुँदै छ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी नेतृत्वका प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो।

नेपालमा भारत विरोधी स्वरहरु चर्कोरुपमा उठ्न थालेपछि भारतले नेपालसँगको सम्बन्धमा सुधार ल्याउन आफ्ना तर्फबाट केही भारतीय कूटनीतिज्ञलाई औपचारिक तथा अनौपचारिकरुपमा नेपाल पठाउन थालेको थियो ।

यस पटकको बैठकमा नेपाल–भारत प्रबुद्ध समूह ९ईपीजी०को प्रतिवेदनको बारेमा समेत छलफल हुने भएको छ । उक्त प्रतिवेदन बुझ्न भारतले इन्कार गर्दै आएको छ । प्रतिवेदन दुई वर्षदेखि अलपत्र परेको छ ।

दुई देशका सचिवबीचको वार्ताले परराष्ट्रमन्त्रीस्तरीय वार्ताको मिति तय गर्ने भएको छ भने सीमा विवादलाई सल्ट्याउन पनि कुनै संयन्त्र बनाउने प्रस्ताव नेपालले राख्ने भएको छ ।

नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी ओलीलगायतका अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।


सम्बन्धित खबरहरु