टिचिङ अस्पतालका संस्थापक निर्देशक प्राडा भीष्मराज प्रसाइँको निधन

ओकेखबर संवाददाता ११ मंसिर २०७७, बिहीबार ०७:२६ मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । त्रिवि शिक्षण (टिचिङ) अस्पतालका संस्थापक निर्देशक प्राडा भीष्मराज प्रसाइँको ८९ वर्षको उमेरमा निधन भएको छ।

उपचारका क्रममा मेडिसिटी इन्टरनेशनल हस्पिटलमा बुधबार साँझ उनको निधन भएको हो। मुटुमा समस्या देखिएपछि गत कात्तिक २८ गते प्रसाइँलाई अस्पताल भर्ना गरिएको थियो।

प्रसाइँ नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक मानिन्छन्। उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन र त्रिविका शिक्षाध्यक्ष र राजपरिषद्का सदस्यसमेत भएका थिए।

प्रसाईँका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन्। उनले भानुभक्त पुरस्कार, त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार लगायतका पुरस्कार प्राप्त गरेका नरेन्द्रराज प्रसाईँले जानकारी दिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।


सम्बन्धित खबरहरु