कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि क्यालिफोर्नियामा कर्फ्यू

ओकेखबर संवाददाता ७ मंसिर २०७७, आईतवार ०७:५९ मा प्रकाशित ( साल अघि) ५५० पाठक संख्या

एजेन्सी । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा शनिबारदेखि रातिको समयमा कर्फ्यू लागु भएको छ ।

शनिबारदेखि स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू जारी रहने छ। यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने राज्यका अधिकारीले बताएका छन् ।

गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । तर अहिले त्यो भन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेको लस एन्जलस टाइम्सले जनाएको छ ।

अधिकांश राज्यहरुमा संक्रमण बढ्दो क्रममा छ । विभिन्न राज्यहरुले मास्क लगाउनु अनिवार्य गरेका छन् ।

क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० लाख नाघ्यो । यसअघि टेक्सासमा संक्रमितको संख्या १० लाख भन्दा धेरै पुगेको थियो ।


सम्बन्धित खबरहरु