काेराेनाबाट वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको निधन

ओकेखबर संवाददाता ७ मंसिर २०७७, आईतवार ०७:१० मा प्रकाशित ( साल अघि) ३३५ पाठक संख्या

काठमाडौं । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ संक्रमणबाट निधन भएको छ।

पिसीआर पोजिटिभ देखिएपछि होम क्वारेन्टिनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा शनिबार उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन्।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा मुडभरी ॐ अस्पतालका संस्थापक थिए।

उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ।


सम्बन्धित खबरहरु