आज: 

अमेरिकामा काेराेनाबाट एकैदिन २ लाख भन्दा बढि संक्रमित

ओके खबर ६ मंसिर २०७७, शनिबार ११:४२ मा प्रकाशित ( दिन अघि) १९२ पाठक संख्या

काठमाडौं । विश्व महामारी कोरोना भाइरसबाट अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार ९५ मंसिर० त्यहाँ १ लाख ८७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप १९५१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ६० हजार २८३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख १६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ४६ लाख ९८ हजार १२० जनामध्ये २२ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खबरहरु