डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण पुष्टि

ओकेखबर संवाददाता ६ मंसिर २०७७, शनिबार ०८:१८ मा प्रकाशित ( साल अघि) ३७८ पाठक संख्या

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्ताले बताएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

४२ वर्षका ट्रम्प जुनियरलाई यो हप्ताको सुरुमा संक्रमण पुष्टि भएको र त्यसपछि उपचार गरिएको उल्लेख छ । अहिले उनी आफ्नै क्याबिनमा क्वारेन्टिमा रहेको प्रवक्ताले जनाएका छन् ।

उनकी प्रेमिका किम्बर्ली गिलफोयलमा संक्रमण भए–नभएको भने स्पष्ट भएको छ । यसअघि गिलफोयल गएको जुलाईमा संक्रमित भएकी थिइन् । त्यो बेला ट्रम्प जुनियर संक्रमित भएका थिएनन् ।


सम्बन्धित खबरहरु