आज: 

टिकटकर निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

ओके खबर ५ मंसिर २०७७, शुक्रबार ०९:४४ मा प्रकाशित ( हफ्ता अघि) १२३ पाठक संख्या

काठमाडौं । टिकटकर निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार टिकटकमा दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको छ ।

भिडियोमा मोटरसाइकलमा आएका युवाले बाटोमा हिँड्दै गरेकी निकिशालाई जिस्काउनुका साथै अपमानजनक शब्द प्रयोग गरेका थिए । सो भिडियोको विषयमा सामाजिक सञ्जालमा विरोध भएको थियो ।

निकिशाले शुरुमा आफूलाई केटा भनेर चिनाएको र पछि चर्चा पाउन केटी भएको अभिनय गरेको भन्दै उनको आलोचना पनि हुने गर्छ । बारम्बार विवादमा मुछिए पनि टिकटक प्रयोगकर्तामाझ निकिशाको चर्चा हुने गरेको छ ।


सम्बन्धित खबरहरु