एनएमबी बैंकमा जुनसुकै बेला भाइबर, फेसबुक र ई-एपबाट यसरी खाेल्नुहाेस् खाता

ओकेखबर संवाददाता ४ मंसिर २०७७, बिहीबार २१:२७ मा प्रकाशित ( साल अघि) ३९० पाठक संख्या

काठमाडौं । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एपमार्फत पनि खातारमुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा विस्तार गरेको छ ।

ग्राहकले २४सै घण्टा र सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरुन्तै गर्ने सकिने बैंकले जनाएको छ । बैंकका अनुसार बचत खाता एनएमबीको सोसल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोबारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजारसम्म हुने व्यवस्था गरिएको छ ।

ग्राहकले पहिलो पटकको कारोबारमा ई–एनएमबी एपको माध्यमबाट ५ सयसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत परिवर्तका साथै अन्य धेरै सुविधाहरू प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।

डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ गतिविधि रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले जनाएको छ ।

‘आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ अनुभव परिष्कृत भएको महसुस गर्न २४सै घण्टा बचत खातारमुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवा ल्याइएको हो । हालको परिप्रेक्ष्यमा यो सेवामार्फत सुरक्षाको मामलामा कुनै सम्झौताविना ग्राहकलाई वित्तीय कारोवार सम्पादन गर्न सहयोग पुर्‍याउने एक महत्वपूर्ण योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित खबरहरु