बंगलादेशसँगको दोस्रो खेलमा नेपालको बराबरी

ओकेखबर संवाददाता ३ मंसिर २०७७, बुधबार ०७:२७ मा प्रकाशित ( साल अघि) ३०१ पाठक संख्या

काठमाडौं । मुजिव बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले निकै आक्रामक खेल खेले पनि बंगलादेशविरुद्ध गोल गर्न सकेन ।

पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो । पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल २(० गोल अन्तरले हारेको थियो ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा नेपालका तर्फबाट ३ खेलाडीले डेब्यु गरे । छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका हुन् ।


सम्बन्धित खबरहरु