तिहारकाे दीपमाला

ऋषभदेव घिमिरे १ मंसिर २०७७, सोमबार ०६:५० मा प्रकाशित ( साल अघि) ७५३ पाठक संख्या

सप्तरङ्गी टिकाले सजियाेस् माथ
ओखरसँगै फुटुन् बिग्न बाधाहरू
नटुटाेस् जीवन तेलकाे धारा
यावत चन्द्र र दिवाकर
गगनमा रहेसम्म
यावत सिन्धुहरू
धर्तीमा बगेसम्म
अविचल र अविराम रहाेस्
सन्तति, आफन्त
भ्राता , भगिनी, मानिस
प्रकृति र चराचरीबिचकाे प्रेम ।

 

साटिउन् सद्भावका
सयपत्री र मखमली
कटुस र बिमिराेका
शितल स्वादहरुले
हटुन् राेगका जिवाणुहरू
सगुनकाे वाेता भरी भरियाेस्
अनगिन्ती मंगलका आशिषहरू
नलागाेस् देशलाई राेग
तेल नसुके जस्तै
मखमली नओइलाए जस्तै
सदावहार बनुन्
तिहारकाे दीपमाला
समृद्ध बनुन् देउसी भैलीकाे शुभाशिष।

कवि ऋषभदेव घिमिरे साहित्यकार हुन् ।


सम्बन्धित खबरहरु