किन गरिन्छ कुकर पूजा ? यस्ताे छ शास्त्रीय मान्यता

ओकेखबर संवाददाता २९ कार्तिक २०७७, शनिबार ०७:५१ मा प्रकाशित ( साल अघि) ५४६ पाठक संख्या

काठमाडौं । तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी मनाइँदैछ । दोस्रो दिन मनाइने कुकुर तिहारमा सबैभन्दा इमान्दार प्राणी कुकुरलाई पूजा गर्ने चलन छ ।

वर्षभरि हाम्रो धनसम्पत्ति, घरको सुरक्षा, मानिसप्रति बफादारी हुने गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ ।

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ । साथै नरक चतुर्दशी पनि भनिन्छ ।

जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ ।

कुकुरलाई पनि यमदूतका रूपमा पुज्ने गरिन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।काठमाडौं ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार शुरु भएको हो । दोस्रो दिन शुक्रबार काग तिहार पर्व मनाइएको थियो ।


सम्बन्धित खबरहरु