आज: 

विश्वकप छनोटः पाराग्वेसँग घरेलु मैदानमै बराबरीमा रोकियो अर्जेन्टिना

ओके खबर २८ कार्तिक २०७७, शुक्रबार ११:५४ मा प्रकाशित ( हफ्ता अघि) ६३ पाठक संख्या

काठमाडौं । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले घरेलु मैदानमा पाराग्वेसँग बराबरी खेलेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २२ औं मिनेटमा पाराग्वेका एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४१ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए।

घरेलु मैदानमा अर्जेन्टिनाले पाराग्वेविरुद्ध अन्य गोल गर्न सकेन । बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ ।

अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ । विश्वकप छनोट अन्तर्गत नै इक्वेडरले बोलिभियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।


सम्बन्धित खबरहरु