प्रभु देवाले आफ्नै भाञ्जीसँग दोस्रो विवाह गर्दै ?

ओकेखबर संवाददाता २८ कार्तिक २०७७, शुक्रबार १०:४१ मा प्रकाशित ( साल अघि) ७१७ पाठक संख्या

एजेन्सी । निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवाले दोस्रो विवाह गर्न लागेका छन् ।

एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभुद्वा आज दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउडका शीर्ष कोरियाग्राफर र निर्देशकको रुपमा पनि परिचित छन् । प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका थिए ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रभु देवा आजकाल आफ्नी भाञ्जीलाई डेट गरिरहेका छन् र उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा छन् । यद्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि बयान सार्वजनिक भएको छैन, न नै उनको समूहले यो खबरलाई पुष्टि नै गरेको छ ।

प्रभु देवाको सम्बन्धविच्छेद हुनुअघि उनको नाम दक्षिण भारतीय फिल्मकी सफल नायिका नयनतारासँग पनि जोडिएको थियो । प्रभु देवा र रामलताका तीन छोरा छन् ।


सम्बन्धित खबरहरु