आईपीएलमा पैसाको वर्षा, कसले कति रकम पायो?

ओकेखबर संवाददाता २६ कार्तिक २०७७, बुधबार १३:३७ मा प्रकाशित ( साल अघि) १७२७ पाठक संख्या

एजेन्सी । ट्रेंट बोल्टको आक्रमक बलिङ र रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्सले दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै दुबईमा सम्पन्न १३ औं इण्डियन प्रियमियर लिग (आईपीएल) को उपाधि आफ्नो हातमा पार्‍यो। मुम्बईले पछिल्लो आठ वर्षमा पाँचाैँ पटक उपाधि जित्ने टिम भयो।

मुम्बईले ट्रफीसँगै २० करोड भारू र दिल्लीले १२.५० करोड भारू नगद पुरस्कार पाए। त्यस्तै अन्तिम चारमा स्थान बनाएका सनराईजर्स हैदराबाद र राेयल च्यालेन्जर्स बैंगलोरले समान ८.७५ करोड रकम पाए।

आइपीएल १३ औं सिजनको फाइनल पछि खेलाडीहरूमा पैसाको वर्षा भएको छ। किंग्स इलेभेन पञ्जावका कप्तान लोकेश राहुल यस सत्रमा अधिकतम ६७० रन बनाउँदै ओरेन्ज क्याप हासिल गर्न सफल भए। राहुलले १० लाख भारु पाए।

यस्तै दिल्ली क्यापिटलका तिव्र बलर कागिसो रबाडा आईपीएलमा सर्वाधिक विकेट लिँदै पर्पल क्याप विजेता बने। उनले पनि १० लाखलाई चेक प्राप्त गरे।

हेर्नुहोस् कसले कति रकम पायो ?

२०२० आइपियलका टप ब्याट्सम्यान
1. लोकेश राहुल (पञ्जाब): १४ म्याच, ६७० रन, १३२* बेस्ट, ५५.८३ एभेरेज
2. शिखर धवन (दिल्ली): १७ म्याच, ६१८ रन, १०६* बेस्ट, ४४.१४ एभेरेज
3. डेविड वार्नर (हैदराबाद): १६ म्याच, ५४८ रन, ८५* बेस्ट, ३९.१४ एभेरेज
4. श्रेयस अय्यर (दिल्ली): १७ म्याच, ५१९ रन, ८८* बेस्ट, ३४.६० एभेरेज
5. ईशान किशन (मुम्बई): १४ म्याच, ५१६ रन, ९९ बेस्ट, ५७.३३ एभेरेज

२०२० का आइपियलका टप बलर
१. कैगिसो रबाडा (दिल्ली) १७ म्याच ३० विकेट
२. जसप्रीत बुमराह (मुम्बई) १५ म्याच २७ विकेट
३. ट्रेण्ट बोल्ट (मुम्बई) १५ म्याच २५ विकेट
४. एनरिक नोर्तजे (दिल्ली) १६ म्याच २२ विकेट
५. युजवेन्द्र चहल (बेङलोर) १५ म्याच २१ विकेट

आईपीएलः इमर्जिंग प्लेयर अवार्ड- उपाधी रकम १० लाख

आज सम्म इमर्जिग प्लेयर अवार्ड विजेता
२००८ – श्रीवत्स गोस्वामी
२००९ – रोहित शर्मा
२०१० – सौरभ तिवारी
२०११ – इकबाल अब्दुल्ला
२०१२ – मनदीप सिंह
२०१३ – सञ्जू सैमसन
२०१४ – अक्षर पटेल
२०१५ – श्रेयस अय्यर
२०१६ – मुस्ताफिजुर रहमान
२०१७ – बासिल थन्पी
२०१८ – ऋषभ पन्त
२०१९ – शुभमन गिल
२०२० – देवदत्त पडिक्कल

 

आजसम्म आईपीएल बिजेता

२००८ : राजस्थान रोयल्स (चेन्नाई लाई ३ विकेटले हरायो)

२००९ : डेक्कन चार्जर्स (बेङलोर लाई ६ रनले हरायो)

२०१० : चेन्नाई सुपर किंग्स (मुम्बई लाई २२ रनले हरायो)

२०११ : चेन्नाई सुपर किंग्स (बेङलोर लाई ५८ रनले हरायो)

२०१२ : कलकत्ता नाइट राइडर्स (चेन्नाईलाई ५ विकेटले हरायो)

२०१३ : मुम्बई ईण्डियन्स (चेन्नाईलाई २३ रनले हरायो)

२०१४ : लाईलकाता नाइट राइडर्स (पञ्जावलाई ३ विकेट ले हरायो)

२०१५ : मुम्बई ईण्डियन्स (चेन्नाई लाई ४१ रनले हरायो)

२०१६ : सनराइजर्स हैदराबाद (बेङलोरलाई ८ रनले हरायो)

२०१७ : मुम्बई ईण्डियन्स (राइजिंग पुणे सुपरजायण्टलाई १ रनले हरायो)

२०१८ : चेन्नाई सुपर किंग्स (सनराइजर्स हैदराबादलाई ८ विकेटले हरायो)

२०१९ : मुम्बई ईण्डियन्स (चेन्नाई सुपर किंग्सलाई १ रनले हरायो)

२०२० : मुम्बई ईण्डियन्स (दिल्ली क्यापिटल्सलाई ५ विकेट ले हरायो)

आइपीएलमा आजसम्म अरेन्ज क्याप बिजेता

१. २००२ : शान मार्श (किंग्स इलेवन पञ्जाव) ११ म्याच ६१६ रन
२. २००९ : मैथ्यू हेडन (चेन्नाई सुपर किंग्स) १२ म्याच ५७२ रन
३. २०१० : सचिन तेन्दुलकर (मुम्बई ईण्डियन्स) १५ म्याच ६१८ रन
४. २०११ : क्रिस गेल (रोयल च्यालेन्जर्स बैङलोर) १२ म्याच ६०८ रन
५. २०१२ : क्रिस गेल (रोयल च्यालेन्जर्स बैङलोर) १५ म्याच ७३३ रन
६. २०१३ : माइक हसी (चेन्नाई सुपर किंग्स) १६ म्याच ७३३ रन
७. २०१४ : रोबिन उथप्पा (कलकत्ता नाइट राइडर्स) १६ म्याच ६६० रन
८. २०१५ : डेविड वार्नर (सनराइजर्स हैदराबाद) १४ म्याच ५६२ रन
९. २०१६ : विराट कोहली (रोयल च्यालेन्जर्स बैङलोर) १६ म्याच ९७३ रन
१०. २०१७ : डेविड वार्डर (सनराइजर्स हैदराबाद) १४ म्याच ६४१ रन
११. २०१८ : केन विलियमसन (सनराइजर्स हैदराबाद) १७ म्याच ७३५ रन
१२. २०१९ : डेविड वार्नर (सनराइजर्स हैदराबाद) १२ म्याच ६९२ रन
१३. २०२० : केएल राहुल (किंग्स इलेवन पञ्जाव) १४ म्याच ६७० रन


सम्बन्धित खबरहरु