आज: 

आज कति छ सुनकाे भाउ ?

ओके खबर २६ कार्तिक २०७७, बुधबार ११:५६ मा प्रकाशित ( हफ्ता अघि) ३२४ पाठक संख्या

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो एकैदिन ३४ सय रुपैयाँ घटेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी १ हजार २ सय २० रुपैया प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खबरहरु