पाँच करोड लगानी गरेर कृषि फार्म खोल्दै दिपकराज गिरी

ओकेखबर संवाददाता २५ कार्तिक २०७७, मंगलवार १०:२० मा प्रकाशित ( साल अघि) ५९७ पाठक संख्या

काठमाडौं । चर्चित कलाकार दीपकराज गिरी कृषि कर्मतिर लाग्ने भएका छन् । उनले फार्म–हाउस खोल्ने योजना बनाईरहेका छन् । उनले अबको एक वर्ष कम्तीमा आफू र आफ्नो समूहले चलचित्र निर्माण नगर्ने बताए । काठमाडौंको चन्दागीरि दहचोकमा रहेको पुख्र्यौली जग्गामा फार्म–हाउस खोल्ने योजना आफूले बताएको र लगानी झण्डै ५ करोड रुपैयाँ लाग्दे गिरीले बताएका छन् ।

उनले हजुरबाले जोडेको १० रोपनी जग्गा र त्यसबाहेक केही जग्गा थपेर फार्म हाउस निर्माणका लागि चारदेखि पाँच कारोड रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान गरेको उनले बताएका छन् । फार्म–हाउसमा पैसा तिरेर बस्ने सुविधादेखि कृषि फार्महरु पनि खोल्ने योजना रहेको उनको भनाई छ ।

कृषिसँग सम्बन्धित विभिन्न व्यवसाय गर्ने सोच रहेको बताउँदै दीपक तर कृषि भित्र पनि कुन–कुन क्षेत्रमा व्यवसायिक रुपमा हात हाल्ने त्यो भने विस्तारै निर्धारण हुँदै जाने बताउँछन् । उनल् सकेसम्म गाउँका अधिकांश आमा दिदीबहिनीहरुलाई रोजगारी दिनसकौं भन्ने उदेश्यले फार्म हाउस खोल्न लागेको बताए ।


सम्बन्धित खबरहरु