जेम्स बोन्ड अभिनेता सीन कोन्नरीको निधन

ओकेखबर संवाददाता १५ कार्तिक २०७७, शनिबार २१:४४ मा प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

एजेन्सी । जेम्स बोन्डको भूमिका निर्वाह गर्ने लिजेन्ड अभिनेता सर सीन कोन्नरीको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ।

ब्रिटिस खुफिया एजेन्ट जेम्स बोन्ड हालसम्म पनि हलिउडमा सबैभन्दा बढी रुचाइएको पात्रमध्ये एक हो। जेम्स बोन्डलाई पहिलोपटक पर्दामा ल्याउने उनले यस भूमिकामा सात फिल्म खेलेका थिए।

१९६२ देखि १९८३ सम्म कोन्नरी अभिनित यी फिल्मले पर्दामा राज गरेका थिए। यो एक जासुसी फिल्म सिरिज हो। यो फिल्म प्रख्यात अंग्रेजी उपन्यासकार इयान फ्लेमिङद्धारा रचित जेम्स बोन्ड उपन्यासमा आधारित छ।

००७ गुप्त नामले परिचित जेम्स बोन्ड ब्रिटिस खुफिया एजेन्टका लागि काम गर्ने हुन्छन। इंग्ल्याण्ड र बेलायतलाई विभिन्न खतराबाट जोगाउन उनी खतरासँग खेल्छन। सो क्रममा मदिरा, युवतीको रंगीन दूनियामा मस्त बोन्डको अभिनयलाई कोन्नरीले अविस्मरणीय बनाएका थिए।

द अनटचेबल्स फिल्ममा एक आइरिस प्रहरीको भूमिकाका लागि उनलाई १९८८ ओस्कार अवार्ड समेत दिइएको थियो।

बेलायती महारानी एलिजाबेथले उनलाई ‘सर’को उपाधि समेत दिएकी थिइन।


सम्बन्धित खबरहरु