थप २ हजार ५०८ जनामा कोरोना पुष्टि, १७ संक्रमितकाे ज्यान गयाे

ओकेखबर संवाददाता १५ कार्तिक २०७७, शनिबार १६:४० मा प्रकाशित ( साल अघि) ५३९ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएकाे हाे । मन्त्रालयका अनुसार आज ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा  २ हजार ५ सय ८ जना संक्रमित थपिएका हुन् ।

योसँग देशभर संक्रमितको संख्या एक लाख ७० हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज मात्रै देशभरबाट थप २ हजार २ सय ६४ निको भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भृएको मन्त्रालयले पुष्टि गरेको छ योसँगै मृतकको संख्या ९ सय ३७ पुगेको छ ।


सम्बन्धित खबरहरु