काेराेनाबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चार जनाको ज्यान गयाे

ओकेखबर संवाददाता १५ कार्तिक २०७७, शनिबार १६:२६ मा प्रकाशित ( साल अघि) ३७४ पाठक संख्या

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई महिलासहित चार जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये तीन जना काठमाडौं उपत्यकाका र एक जना कपिलवस्तु स्थायी ठेगाना भएका व्यक्ति रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. सविन थपलियाले जनाकारी दिए ।

मृत्यु हुने महिलामा भक्तपुरकी ५२ वर्षीया र काठमाडौंकी ३२ वर्षीया रहेका छन् । भक्तपुरकी महिलामा मिर्गौला र प्यारालाइसिसको समस्या थियो भने काठमाडौंकी महिलामा मिर्गौलाको समस्या पनि रहेको डा.थपलियाले बताए ।

अस्पतालमा उपचाररत काठमाडौंका ९० बर्षीय पुरुषको कोरोनाका कारण निमोनिया भएको र कोरोना संक्रमित कपिलवस्तुका ७७ बर्षीय पुरुषमा मिर्गौलाको पनि समस्या रहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा अहिले १ सय ७ जना कोरोना संक्रमितले उपचार गराइ रहेका छन् । तीमध्ये आइसियूमा १६ जना र भेन्टिलेटरमा ५ जना रहेका छन् ।


सम्बन्धित खबरहरु