हवाई आक्रमणमा नौ जना बालबालिकाको ज्यान गयाे

ओकेखबर संवाददाता १५ कार्तिक २०७७, शनिबार १३:५० मा प्रकाशित ( साल अघि) ३९९ पाठक संख्या

एजेन्सी । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै जरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ ।

अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्धन्द्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो । त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् ।

यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएकोले द्धन्द्ध जारी नै  छ ।

अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिएका हुन् ।  दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ ।


सम्बन्धित खबरहरु