मलाई हरिप नेता बनाऊ

सपना अर्याल १५ कार्तिक २०७७, शनिबार १३:०७ मा प्रकाशित ( साल अघि) ११६३ पाठक संख्या

आमा ! एक फेर आशीर्वाद देऊ
मलाई एउटा नेता बनाऊ
मात्रै एक मौका पाउँ
सात पुस्ता सम्म लैजाउँ
गाडी ठूलो ल्याउँ
देश बिदेश घुमाउँ
आमा ! मलाई एउटा नेता बनाऊ ।

 

भ्रष्टाचार को सम्पत्तिमा
हरेक दिन पौडी खेलाउँ
मोबाइलको घण्टीमा
देश भक्ती गित बजाउँ
आमा मलाई कुशल नेता बनाऊ ।

 

जनता मारेको धनले
होलि वाइन पिलाउँ
कार्ल मार्क्स को फोटो राखी
अफिस ठूलो चलाउँ
आमा मलाई हरिप नेता बनाऊ ।

 

देशको ढुकुटी चोरेर
आफ्नै घरमा ल्याउँ
छिमेकी हरुलाई देशै बेचाउँ
आमा मलाई असल नेता बनाऊ ।

 

एउट चुनाव जिताऊ
मात्र सांसद बनाऊ
मात्रै एक चोटि
आशीर्वाद देऊ आमा ,
मलाइ नेता बनाऊ ।।

रचनाकार सपना अर्याल सामाजिक अभियान्ता हुन् ।


सम्बन्धित खबरहरु