बिहेको भोज खाँदा ३४ जना बिरामी

ओकेखबर संवाददाता १५ कार्तिक २०७७, शनिबार ११:४० मा प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका– २ बसन्तथलाका बिहेको भोज खाँदा ३४ जना बिरामी परेका छन् ।बिरामी परेका २९ जनालाई शुक्रबार र शनिबार बिहान थप ५ जनालाई अस्पताल पुर्‍याइएको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले बताए ।

बिरामी परेकाहरूको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये २२ वर्षकी युवतीलाई सघन कक्षमा राखेर उपचार भइरहेको महाकाली अस्पतालका मेडिकल मेडिकल अफिसर धर्मानन्द जोशीले जानकारी दिए ।

उनका अनुसार ५ जनालाई सामान्य उपचारपछि घर पठाइएको भए पनि २९ जना अहिले महाकाली अस्पतालमा उपचाररत रहेका छन् ।

विवाहमा मासु र अचार खाएपछि चक्कर आएर बेहोस भएको बताइएको छ । फुड पोइजन भएको कारणले उनीहरू बिरामी भएको अस्पतालले जनाएको छ ।


सम्बन्धित खबरहरु