युट्युबबाट हट्यो टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको ‘भिटेन’को गीत

ओकेखबर संवाददाता १३ कार्तिक २०७७, बिहीबार १९:३२ मा प्रकाशित ( साल अघि) ३३८ पाठक संख्या

काठमाडौं । र्‍यापर समीर घिसिङ (भिटेन)को ‘पाराु नामक आफ्नो नयाँ भिडियो विवादमा परेपछि युट्युबबाट हटाएका छन् ।

भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्।
बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको हो।

उक्त भिडियो भिटेनले आफ्नो युट्युब च्यानलमा एक साताअघि पोस्ट गरेका थिए । भिटेन यसअघि पनि आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडियोलाई लिएर पक्राउ परेका थिए । आगामी दिनमा गीतमा अपाच्य शब्द प्रयोग नगर्ने सर्तमा उनलाई प्रहरीले छाडेको थियो ।

रौतहटमा जन्मिएका भिटेनलाई ‘चुरोट’ नामको गीतले चिनाएको थियो । लफङ्गा, मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनी, सिमसिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो, हामी यस्तै त हो नि ब्रो उनका चर्चित गीत हुन् ।


सम्बन्धित खबरहरु