काठमाडौं उपत्यकामा थपिए कोरोनाका १६१५ संक्रमित

ओकेखबर संवाददाता १३ कार्तिक २०७७, बिहीबार १७:०२ मा प्रकाशित ( साल अघि) ३०६ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा आज १ हजार ६ सय १५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बिहीबार काठमाडौंमा १ हजार ३ सय ३८, ललितपुरमा १ सय ८० र भक्तपुरमा ९७ जनामा कोरोनासंक्रमण पुष्टि भएको स्वास्थ्य त था जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ९ सय ११ पुरुष र ७ सय ४ जना महिला हुन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना निको भएका छन भने १७ जनाको निधन भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।


सम्बन्धित खबरहरु