थप २३६४ जनामा कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो

ओकेखबर संवाददाता १३ कार्तिक २०७७, बिहीबार १६:४१ मा प्रकाशित ( साल अघि) ३०२ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना निको भएका छन भने १७ जनाको निधन भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।


सम्बन्धित खबरहरु